Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैंक प्रतिबद्ध : गभर्नर अधिकारी

डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैंक प्रतिबद्ध : गभर्नर अधिकारी

काठमाडौं, २५ मंसिर । गभर्नर महाप्रसाद अधिकारीले संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीद्वारा २०७७ मंसिर २२ देखि आयोजना गरिएको ‘सिङ्गापुर फिन्टेक महोत्सव’ लाई सम्बोधन गरेका छन् । महोत्सवलाई मंसिर २५ गते भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् ।
‘कृषि र खाद्य प्रणालीमा डिजिटल बैंकिङले पु¥याउन सक्ने सहयोग’ विषयमा मन्तव्य राख्दै गभर्नर अधिकारीले भने, ‘वित्तीय क्षेत्रको नेतृत्वदायी निकाय हुनुका नाताले नेपालमा डिजिटल अर्थतन्त्रको विकासका लागि राष्ट्र बैंकको अत्यन्तै ठूलो भूमिका रहेको तथ्यलाई हामीले महसुस गरेका छौं । त्यसैले नेपालमा ‘डिजिटल पर्यावरण’को विकासको लागि हामी प्रतिबद्ध छौं ।’
नेपाल सरकारले डिजिटल अर्थतन्त्रको प्रवद्र्धनका निम्ति ‘डिजिटल नेपाल प्रारूप’को महŒवाकांक्षी योजना अगाडि सारेको उल्लेख गर्दै गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र, शासकीय व्यवस्था र सामाजिक क्रियाकलापको रूपान्तरणमा यो अभियानले सार्थक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
पछिल्लो समय नेपालमा विद्युतीय बैंकिङ र भुक्तानी प्रणालीको विकासलाई नेपाल सरकार र राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै गभर्नर अधिकारीले यसको कार्यान्वयनका निम्ति कानूनी, नीतिगत एवम् संस्थागत व्यवस्थालाई सबल तुल्याइएको धारणा व्यक्त गरे । यसैको परिणाम स्वरूप भुक्तानी प्रणालीको विकास तथा सञ्चालन, इजाजत प्रक्रिया, सम्बद्ध संस्थाको सुपरिवेक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाइ थियो । पछिल्लो समयमा विश्वव्यापी रूपमा देखापरेको कोभिड–१९ महामारीले डिजिटल बैंकिङको सान्दर्भिकतालाई थप सबल बनाएको उल्लेख गर्दै गभर्नर अधिकारीले कृषि तथा खाद्य प्रणालीलाई समेत डिजिटल प्रविधिसँग आबद्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए ।
हाल शहरी क्षेत्रमा केन्द्रित रहेको डिजिटल प्रणालीलाई ग्रामीण क्षेत्रसम्म विस्तार गरी स्थानीय कृषर्क ‘ई–कमर्श’सँग जोड्नुपर्ने उनको सुझाव थियो । साथै, डिजिटल प्रविधिको प्रयोगबाटै ग्रामीण कृषकहरूलाई वित्तीय स्रोतको व्यवस्था, बीमा, कृषिसम्बन्धी सूचना÷जानकारी विद्युतीय भुक्तानी र लगानीका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता गभर्नर अधिकारीले औंल्याए ।
नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब २८ प्रतिशत हिस्सा र झण्डै दुई तिहाइ जनताको जीविकोपार्जनको स्रोत कृषि नै रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले कृषकलाई थप व्यावसायिक बनाउन यसै वर्ष मौद्रिक नीतिमार्पmत कृषि ऋणपत्र र किसान क्रेडिट कार्डसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिए ।
उक्त महोत्सवको अन्तिम दिन शुक्रवार ‘ट्यालेन्ट’ विषयक सम्मेलन आयोजना हुनेछ । ‘सिङ्गापुर फिन्टेक महोत्सव’लाई डिजिटल बैंकिङ प्रविधिको प्रवद्र्धन र विकासको दृष्टिकोणले विश्वकै सबैभन्दा ठूलो महोत्सवका रूपमा लिने गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x