Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

उज्यालो महानगर अभियान : १७ करोड लगानीमा २ हजार आधुनिक सडक बत्ती जडान गरिँदै

उज्यालो महानगर अभियान : १७ करोड लगानीमा २ हजार आधुनिक सडक बत्ती जडान गरिँदै

काठमाडौं, २६ मंसिर । काठमाडौं महानगरका मुख्य सडकमा २ हजार आधुनिक सडक बत्ती जडान गरिने भएको छ । ‘उज्यालो महानगर’ अभियान अन्तर्गत रू. १७ करोड लगानीमा बत्ती जडान गरिने भएको हो । पहिलो चरणमा अन्तरराष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायत क्षेत्रमा आधुनिक बत्ती जडान अघि बढाइनेछ । उक्त लगानीमा महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ ।
बिहीवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आधुनिक सडक बत्ती जडान सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा मन्त्री नेम्वाङले महानगरको अगुवाइमा उज्यालो काठमाडौं महानगर बनाउने अभियान सफल बनाउन सबैले साथ र सहयोगको आवश्यकता औंल्याए । महानगर प्रमुख शाक्यले पटक पटकको प्रयासबाट सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको बताउँदै यथाशक्य छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे ।
सहमति अनुसार लागत अनुमान, प्रविधिको छनोट, खरीद तथा निर्माणको सुपरिवेक्षण गर्ने काम प्राधिकरणले, निर्माणपछि मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत सडक विभागले गर्नेछ भने सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *