Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोरोना बीमा दाबीमा १७ हजारभन्दा बढीको कागजात पूरा

काठमाडौं, २६ मंसिर । कोरोना बीमामा बीमकले रकम नपाएको भन्दै गुनासो आएपछि सरकारको निर्देशनअनुसार नै बीमा समितिले थप सहजीकरण गरिरहेको छ । समितिले बिहीवार सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कुल १७ हजार २३५ बराबरको दाबीमा कागजात पूरा भएको राससमा उल्लेख छ । यस्तै भेरिफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा चार हजार १५२ दाबी पठाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भेरिफिकेशन भएर आएका संख्या भने २ हजार ४९३ रहेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना बीमामा व्यापक गुनासो आएपछि दुईपटक समितिलाई सहजीकरणका लागि निर्देशन दिएका थिए ।
दाबी भुक्तानीमा ८ हजार १४५ रहेका छन् भने कागजात पूरा भई भुक्तानी गर्न बाँकी संख्या भने ९ हजार ९० रहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् । उनका अनुसार कागजात नपुगी पुनः निर्जीवन बीमा कम्पनीमा फिर्ता भएको दाबी संख्या भने १ हजार १३६ रहेको छ ।
समितिका अनुसार बीमालेख खरिद गरेका बीमितले दाबी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड, २०७७ ले तोकेको सम्पूर्ण कागजातसहित सम्बन्धित बीमा कम्पनीमा निवेदन दिनुपर्ने र सम्बन्धित बीमा कम्पनीले सबै कागजात पूरा भए÷नभएको यकिन गर्ने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x