सन्राइज बैंकका ग्राहकलाई सस्तोडिल डटकममा क्यास ब्याक

काठमाडौं, २६ मंसिर । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियान अन्तर्गत सन्राइन बैंकले सस्तोडिल डटकमको ९औं वर्षको उपलक्ष्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामान खरिदको भुक्तानी गर्दा क्यास व्याक दिने योजना ल्याएको छ ।
यस योजना अन्तर्गत सन्राइज बैंकका ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले गर्ने प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम ने.रु. २,५०० सम्म रकम बैंकले क्यास ब्याक प्रदान गर्नेछ । यो योजना २६ मंसिरदेखि ३० मंसिर २०७७ सम्म रहने र क्यास व्याक रकम योजना समाप्ति पश्चात प्रदान गरिनेछ ।
कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुन सक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनीकरण गर्ने बैंकको विश्वास छ ।