Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब बीजेता घिमिरे सम्मानित

आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब बीजेता घिमिरे सम्मानित

काठमाडाैं, २० असार । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व.२०८१/०८२ का लागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब “एभरेष्ट क्लब” मा पुग्न सफलहनु भएकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेले पहिलो पटक उक्त क्लबको लक्ष्य पूरा गर्नु भएको थियो । सो अवसरमा केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

आफ्ना अभिकर्ताहरुलाइ प्रेरणा तथा हौसल्ला प्रदान गर्ने उद्देश्यले उक्त सम्मान गरिएको थियो । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन, विभागीय प्रमुखहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त सम्मान कार्यक्रममा घिमिरेका श्रीमान तथा परिवारका सदस्यहरुलाई समेत उपस्थिति गराइ हौसल्ला प्रदान गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले यो सम्मान केवल “एभरेष्ट क्लब” मात्र नभइ जीवन बीमा व्यवसायमा निष्ठा, लक्ष्यप्रति प्रतिबद्धता र कठिन परिश्रमको सम्मान हो । कम्पनीले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्दै आएको छ र यसले सम्पूर्ण अभिकर्ताहरुलाई अझ ऊर्जावान र प्रेरित बनाउनेछ भन्दै आफ्ना भनाइहरु राखे ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *