Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

अर्थमन्त्री पौडेलद्वारा मलेसियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

अर्थमन्त्री पौडेलद्वारा मलेसियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडाैं, २० असार । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मलेसियाली लगानीकर्ताहरूलाई नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न आग्रह गरेका छन्।

बुधबार नेपालको औपचारिक भ्रमणमा आएको मलेसिया-नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा उपप्रधानमन्त्री पौडेलले नेपालको पूर्वाधार विकास र पर्यटन क्षेत्रमा अपार सम्भावना रहेको बताउँदै लगानीका लागि अनुरोध गरेका छन्।

“नेपालमा निजी क्षेत्रले लगानी गर्नका लागि उपयुक्त वातावरण छ। नेपालका नीतिहरू लगानीमैत्री छन्। सरकार लगानीकर्ताहरूलाई सहयोग र सहजीकरण गर्न तयार छ,” अर्थमन्त्री पौडेलले भने।

भेटका क्रममा मलेसियाली प्रतिनिधिमण्डलका सदस्यहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत, पूर्वाधार, वातावरण र पर्यटन लगायत विभिन्न क्षेत्रमा लगानी गर्ने रुचि देखाएका थिए।

सो अवसरमा मलेसिया-नेपाल बिजनेस काउन्सिलका अध्यक्ष प्रदीप कुमार काक्रेजा, गणेश कुमार बङ्गा, एमके सङ्ग्राम लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *