Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

सिद्धार्थ बैंकले असार २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ७.२५ प्रतिशत ब्याजदरमा २५ करोड रुपैयाँको ऋणपत्र

सिद्धार्थ बैंकले असार २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ७.२५ प्रतिशत ब्याजदरमा २५ करोड रुपैयाँको ऋणपत्र

काठमाडाैं, २० असार । सिद्धार्थ बैंक लिमिटेडले आगामी असार २९ गतेदेखि ‘एसबिएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। निष्कासन गरिने कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूका लागि आरक्षित गरिएको छ।

लगानीकर्ताहरूले यस ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन पाउनेछन्। ऋणपत्र निष्कासनको छिटोमा बन्द हुने मिति असार ३२ गते तोकिएको छ भने ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबि क्यापिटल लिमिटेडले काम गर्नेछ। यो ऋणपत्र निष्कासनले बैंकलाई थप पुँजी जुटाउन मद्दत पुग्नेछ भने लगानीकर्ताहरूका लागि पनि स्थिर र आकर्षक प्रतिफलको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *