Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

माच्छापुच्छ्रे बैंकको थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

माच्छापुच्छ्रे  बैंकको थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं, २६ मंसिर । माच्छापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा ६ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले स्याङजाको पुतलिबजार न.पा.–१२, पेल्काचौर, कपिलबस्तुको शिवराज न.पा.–०१, शिवपुर, कपिलबस्तुकै बुद्घभुमि न.पा.–०९, बिजगौरी, कन्चनपुरको बेलौरी न. पा.–०३, गोकुलपुर, दार्चुलाको व्यास गा.पा.–०६, हुटी र दार्चुलाकै मलिकार्जुन गा.पा.–०६, उकुमा शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा शाखा रहित सेवा मार्फत बैंकिङ्ग सेवा दिदै आएको छ।

यो सँगै माच्छापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा १ सय ४१ पुगेको छ । ग्राहक सेवा केन्द्रको को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *