Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

गरिब देशमा २०२१ को सुरूदेखि नै कोरोना खोप पठाइने

गरिब देशमा २०२१ को सुरूदेखि नै कोरोना खोप पठाइने

काठमाडौं, ४ पौष । गरिब राष्ट्रहरूमा नयाँ बर्ष सन् २०२१ को सुरूदेखि नै कोरोनाविरूद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ। डब्लुएचओ र त्यसका साझेदारहरूले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने शुक्रबार बताएका हुन्।

उनीहरूले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन्। विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरूले जानकारी दिएका छन्।

अध्यारो सुरुङ्मा पनि थोरै उज्यालो हुन्छ भने झैँ महामारीका बेला पनि गरिब मुलुकलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x