श्रीराम सुगर मिल्सद्वारा २५ करोड ३० लाखभन्दा बढी बक्यौता भुक्तानी
काठमाडौं, ६ पुस । श्रीराम सुगर मिल्सले आइतवार (पुस ५ गते)सम्ममा उखु किसानको २५ करोड ३० लाखभन्दा बढी बक्यौता रकम भुक्तानी गरेको छ । उद्योगले उखु किसानको बक्यौता भुक्तानीका लागि उद्योगको बैंक खातामा सम्पूर्ण रकम जम्मा गरिसकेको जानकारी दिएको छ ।
सोही अनुरूप उद्योगले पुस २ गते १६ करोड ४४ लाख ७० हजार ७ रुपैयाँ र पुस छ गते ८ करोड ८५ लाख ५७ हजार ५१९ रुपैयाँ भुक्तानीका लागि उखु किसानको खाता रहेका बैंकहरूलाई निर्देशन दिई सोही अनुसार किसानको खातामा रकम जम्मा भइरहेको बताएको छ । साथै बाँकी बक्यौताको प्रत्येक दिन क्रमशः भुक्तानी गर्दै जाने उद्योगले जानकारी दिएको छ ।