Date

बुध, मंसिर १०, २०८२
Wed, November 26, 2025

राजापुर र लेखनीमा ग्लोबल आइएमई बैंकका शाखारहित बैंकिङ सेवा शुरू

राजापुर र लेखनीमा ग्लोबल आइएमई बैंकका शाखारहित बैंकिङ सेवा शुरू

काठमाडौं, ६ पुस । ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङको लेखनीमा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यी शाखा रहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४१ पुगेको छ।
बैंकले बर्दिया जिल्ला राजापुर नगरपलिका वडा नं। ४, राजापुर बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको उद्घाटन राजापुर नगरपलिका वडा नं। ४ का वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्णकुमार रेग्मीले संयुक्त रुपमा गरे। उक्त शाखारहित बैंकिङ सेवाको संस्थागत प्रतिनिधिको रुपमा पौडेल ट्रेडर्सलाई नियुक्त गरिएको छ।

यसैगरी बाग्लुङ्ग जिल्ला काठेखोला गाँउपालिका वडा नं। ८, लेखनीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बाग्लुङ चेम्बर अफ कमर्सका अध्यक्ष युवराज राजभण्डारीले गरे। उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा योगनाथ कँडेललाई नियुक्त गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *