Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

वैदेशिक रोजगारीमा जाने ७५ प्रतिशतले घट्दा पनि रेमिट्यान्स आय ११.२ प्रतिशतले बढ्यो

वैदेशिक रोजगारीमा जाने ७५ प्रतिशतले घट्दा पनि रेमिट्यान्स आय ११.२ प्रतिशतले बढ्यो

काठमाडौं, ६ पुस । चालू आर्थिक वर्ष २०७७÷०७८ को चार महिनामा नेपालमा ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार रेमिट्यानस आय ११.२ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आई १९ हजार २ सय ५१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *