Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल लाइफका लगानीकर्ताले ५१ प्रतिशत लाभांश पाउने

नेपाल लाइफका लगानीकर्ताले ५१ प्रतिशत लाभांश पाउने

काठमाडौं, ८ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले हिजो एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र रु. १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो ।

उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।
कम्पनीको करिब ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ । लाभांश वितरण पश्चात चुक्तापुँजी ७ अर्ब १९ करोड हुनेछ जानकारी दिइएको छ । लगानी १ खब ४ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x