नबिल बैंकको ३६ औं साधारण सभा पुस २९ मा, ३५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश गरिने
काठमाडौं, ८ पुस । नबिल बैंकले पुस २९ गतेका लागि ३६औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले सो मितिमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले प्रस्तावित १.७६ प्रतिशत नगद लाभांश र ३३.५ प्रतिशत बोनश शेयर पारित गर्ने छ । यस्तै सोही सभामा चुक्तपुँजी १३ अर्ब ४८ करोड रुपैयाँबाट वृद्धि गरि १४ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश गरिने छ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयनका लागि निर्वाचन समेत गरिने छ ।