Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

सूर्यविनायक नगरपालिकामा एनआईसी एशिया बैंकको विस्तारित काउण्टर

सूर्यविनायक नगरपालिकामा एनआईसी एशिया बैंकको विस्तारित काउण्टर

काठमाडौं, २० पुस । एनआईसी एशिया बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा ९३ औं विस्तारित काउण्टर संचालनमा ल्याएको छ। उक्त काउण्टरको पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सूर्यविनायक नगरपालिकाको सम्पूृर्ण बैंकिङ्ग कारोबारहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएकोमा धन्यवाद ज्ञापन गर्दै देशकै नमूना नगरपालिका रुपमा रहेको सूर्यविनायक नगरपालिकाको बैंकिङ्ग पार्टनर हुन पाउनुलाई बैंकले निकै खुसीको कुरा भएको बताए ।

बैंकले हाल मुलुकभर ३ सय ३३ शाखा कार्यालयहरू, ४ सय ७१ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ७६ वटा शाखा रहित बैंकिङ्गमार्फत् वित्तीय सेवा दिदै आएको छ। बैंकको ग्राहक संख्या २२ लाख भन्दा बढी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x