Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

महिन्द्रको गाडी खरिद गर्नेलाई माच्छापुच्छ्रे बैंकले कर्जा लगानी गर्ने

महिन्द्रको गाडी खरिद गर्नेलाई माच्छापुच्छ्रे बैंकले कर्जा लगानी गर्ने

काठमाडौं, २० पुस । माछापुच्छ्रे बैंक र महिन्द्रा ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात महिन्द्रा ब्राण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ ।

सम्झौता अनुसार बैंकले देशभरको शाखा कार्यालयहरु मार्फत र अग्नी इन्कर्पोरेडका देशभर रहेका डिलरबाट सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिइएको छ।

हाल बैंकले मुलुकका १ सय ६० वटा शाखाहरु, १ सय ४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३ सय १३ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत वित्तीय सेवा दिदै आइरहेको विज्ञप्तीमा उल्लेख छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x