Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

‘पिबिएस आइटी करियर कन्क्लेभ’ २५ र २६ मा

‘पिबिएस आइटी करियर कन्क्लेभ’ २५ र २६ मा

काठमाडौं, २२ पुस । ‘पिबिएस आइटी करियर कन्क्लेभ’ पुस २५ र २६ गते हुने भएको छ । प्रेसिडेन्सीयल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा आगामी शनिवार र आइतबार काठमाडौंमा रहेको प्रेसिडेन्सियल विजनेश स्कुलको प्राङ्गनमा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विभिन्न अनलाइन, सोसियल मिडियामा प्रत्यक्ष प्रशारण हुनेछ । कार्यक्रममा आमन्त्रित अतिथि र पत्रकारहरु प्रत्यक्ष उपस्थित हुन सक्ने व्यवस्था मिलाईएको छ भने अन्य सहभागिले जुममार्फत सहभागी जनाउनुपर्नेछ ।

२ दिनसम्म सञ्चालन हुने यस कार्यक्रम विभिन्न ५ विषयमा सेसनहरु सञ्चालन हुनेछन् । कार्यक्रमको पहिलो दिन अर्थात पुस २५ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ुइमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्रीु विषयमा पहिलो सेसन सञ्चालन हुनेछ । सोही दिन दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म ुइन्नोभेसन एण्ड टेक्नोलोजीकल आन्ट्रप्रेनरसीपु विषयमा दोस्रो सेसन सञ्चालन हुनेछ । त्यस्तै सोही दिन नै दिउँसो २ बजेदेखि ३ बजेसम्म आइटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात क्युएनए सेसन सञ्चालन हुने कार्यक्रम संंयोजक तथा इन्नोभेसन ल्याब म्यानेजर पारस डोटेलले जानकारी दिए ।

त्यसैगरी कार्यक्रमको दोस्रो दिन पुस २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ुकनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटीु विषयमा पहिलो सेसन सञ्चालन हुनेछ । त्यसैगरी सोही दिन नै साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स’ विषयमा अन्तिम सेसन सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न विज्ञहरु ुकि नोट स्पिकरुको रुपमा रहनेछन् ।

अन्तर्राष्ट्रिय स्तरमा रहेका केहि वक्ताहरु भने भर्चुअल माध्यमबाट प्यानल डिस्कसनमा सहभागी हुनेछन् । कार्यक्रममा सहभागिता जनाउनको लागि अनलाईनमार्पmत नाम दर्ता गर्नुपर्नेछ । सूचना प्रविधि क्षेत्रका सरोकारवाला, आइटीमा करियर बनान खोजिरहेका विद्यार्थी र शिक्षकहरुको लागि पनि यो कार्यक्रम महत्वपुर्ण हुने विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x