Shangrila

आरबिबिको ब्राण्ड एम्बेसडरमा नम्रता श्रेष्ठ

काठमाडौं, २२ पुस । राष्ट्रिय वाणिज्य बैंक (आरबिबि)ले ब्राण्ड एम्बेसडर परिवर्तन गर्ने भएको छ । बैंकको नीति अनुसार यो वर्ष ब्राण्ड एम्बेसडरमा २०२० की मिस नेपाल नम्रता श्रेष्ठलाई नियुक्त गर्ने भएको हो । आगामी शुक्रबार पत्रकार सम्मेलन गरी उनलाई नयाँ ब्राण्ड एम्बेसडरको रुपमा घोषणा गरिने बैंकले जनाएको छ ।

आरबिबिले सन् २०१९ देखि मिस नेपाललाई ब्राण्ड एम्बेसडर नियुक्ति गर्दै आएको छ । पहिलो वर्ष २०१९ मा २०१८ कि मिस नेपाल श्रंखला खतिवडा, दोस्रो वर्ष २०२० मा २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ बैंकको ब्राण्ड एम्बेसडर भएका थिन भने २०२१ का लागि २०२० की मिस नेपाल नम्रता श्रेष्ठ ब्राण्ड एम्बेसडरमा नियुक्त हुने छिन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *