Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

उपत्यकाका तीन स्थानमा फ्लाइओभर निर्माणका लागि विस्तृत डिजाइनको काम हुँदै

उपत्यकाका तीन स्थानमा फ्लाइओभर निर्माणका लागि विस्तृत डिजाइनको काम हुँदै

काठमाडौं, २२ पुस । काठमाडौं उपत्यकाका तीन स्थानमा फ्लाइओभर निर्माणका लागि विस्तृत डिजाइनको काम अघि बढेको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माणका लागि परामर्शदाता कम्पनीले अध्ययन प्रतिवेदनकोे बीचको प्रगति पेश गरेको सडक विभागले बताएको छ ।
यसका लागि अहिले विस्तृत डिजाइन गर्ने काम अघि बढिरहेको महानिर्देशक केशवकुमार शर्माले जानकारी दिएको राससमा उल्लेख छ । यस वर्ष निर्माणका लागि ठेक्कामा जान सकिने उनको भनाइ छ ।
यस वर्ष ग्वार्कोमा निर्माणका लागि प्रक्रियामा जाने र आगामी आवमा सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण अघि बढाइने योजना रहेको छ । चीन सरकारले दुई वर्ष पहिले निर्माण सम्पन्न गरेको चक्रपथको चोकहरुमा फ्लाइओभर निर्माणको योजना बनाइएको छ ।
सरकारले चालु आर्थिक वर्षमा उपत्यकामा फ्लाइओभर निर्माणका लागि बजेट छुट्याएको छ । उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत फ्लाइओभर’ बन्न लागेकाले विभागले सरकारको लगानीमा निर्माण गर्न यी स्थान छानेको हो । सरकारको लगानीमा निर्माण हुन लागेका यी नै पहिलो फ्लाइओभर हुनेछन् । ती फ्लाइओभर’ चार लेनको हुने विभागले बताएको छ ।
काठमाडौँ उपत्यकामा सवारी साधनको चाप सबैभन्दा बढी हुने स्थान बानेश्वर र जडीबुटी चोक रहेका छन् । यी दुवै स्थानमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले फ्लाइओभर’ वा सुरुङ निर्माण गर्ने योजना बनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x