प्रथम समृद्धि गोरिल्लाज ३X३ बास्केटबल प्रतियोगिता सम्पन्न
काठमाडौं, २४ पुस । समृद्धि स्कुलद्वारा आयोजित प्रथम समृद्धि गोरिल्लाज ३X३ बास्केटबल प्रतियोगिता स्कुलको बास्केटबल मैदान बालाजुमा सम्पन्न भएको छ । दुई दिन चलेको उक्त प्रतियोगितामा ब्वाइजतर्फ २४ र गल्र्सतर्फ १२ गरी ३६ वटा टिमहरूले भाग लिएका थिए ।
बजाज पल्सर पिपुल्स च्वाइस एवार्डमा मनोनित हुन सफल नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन तथा समृद्धि स्कुल÷कलेजको समृद्धि गोरिल्लाज बास्केटबल टिमको क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग गर्न तथा कोरोना महामारीको दौरानमा पनि युवाहरू स्वस्थ र सकारात्मक रहनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।
यस प्रतियोगिताको ब्वाइजमा बि.एम.के. “सी” टिम प्रथम भयो भने उप–बिजेतामा पनि बि.एम.के.कै “बी” टिम रहेको थियो । यस्तैगरी गल्र्समा आयोजक समृद्धि स्कुलको टिम प्रथम भएको थियो भने टिम सबिनाले दोश्रो स्थान हात पार्न सफल भएको थियो । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरको उपाधि ब्वाइजतर्पm बि.एम.के. “सी” टिमका सोनम प्रयाग शेर्पा तथा गल्र्सतर्फ समृद्धि स्कुलका प्रेडिका महर्जनले जित्न सफल भए । फाइनल खेलपश्चात विजयी टोलीका खेलाडीहरूलाई समृद्धि स्कुलका सि.ई.ओ तथा प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठ, नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन सदिना श्रेष्ठलगायत अन्य निर्देशकहरूले मेडल, ट्र««फी र प्रमाणपत्र वितरण गरेका थिए ।