ललितपुर फाइनान्स नेपाल फाइनान्समा गाभ्ने सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं, २४ पुस । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई गाभ्ने भएको छ । दुई संस्थाबीच बिहीबार प्राप्ति सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
नेपाल फाइनान्सले ललितपुर फाईनान्सलाई गाभ्ने सम्झौता गरेसंगै नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ललितपुर फाइनान्सको शेयर कारोबार रोक्का हुने छ । नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादीमा छ भने ललितपुर फाइनान्सको केन्द्रीय कार्यालय ललितपुरको लगनखेलमा छ ।