शेयर राफसाफ चक्र ‘टि प्लस टु’ कायम

काठमाडौं, २४ पुस । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट प्रणाली ‘टि प्लस टु’ भित्र हुने ब्यबस्थासहित विनियमावली संशोधन गरेको छ । सिडीएसले उक्त व्यवस्था संशोधनको लागि बोर्ड समक्ष स्वीकृतिका लागि पेश गरेअनुसार बोर्डले धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली २०६९ मा आवश्यक संशोधन गरिएको हो ।
उक्त व्यवस्था सिडिएस एण्ड क्लियरिङ्गले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने बोर्डले जनाएको छ । धितोपत्र कारोबारको राफसाफ तथा फछ्योट चक्र छोटिएर ‘टि प्लस टु’ कायम भएसँगै धितोपत्रको तरलतामा बृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त अपेक्षा गरिएको छ ।