Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण निर्धारित समयअघि नै सम्पन्न हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण निर्धारित समयअघि नै सम्पन्न हुने

पोखरा, २५ पुस । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण निर्धारित मिति अगावै सम्पन्न हुने भएको छ । पूर्वनिर्धारित मितिअघि अर्थात् २०२१ जुनभित्रै सम्पूर्ण काम सक्नेगरी निर्माण अघि बढेको विमानस्थल आयोजनाले बताएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले विमानस्थलको निर्माण तीव्रताका साथ भइरहेकाले निर्धारित समयअघि नै काम सम्पन्न हुने बताएको राससमा उल्लेख छ ।
उक्त विमानस्थल भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पहिले नै यो विमानस्थल सञ्चालनमा आउने अनुमान गरिएको छ ।
पोखरा विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति र करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिए पनि त्यो भुक्तानी गर्दा स्वतःवित्तीय प्रगति माथि पुग्ने विमानस्थल आयोजनाले जानकारी दिएको छ ।
विमानस्थल निर्माण हालको प्रगति र उपकरण जडानसहित अबको ६ महीनाभित्रै विमानस्थल निर्माण सम्पन्न हुने विमानस्थल आयोजना प्रमुख इञ्जिनीयर विनेश मुनकर्मीले जानकारी बताएका छन् ।
सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको काम बन्दाबन्दीको अवधिमा समेत निरन्तर सञ्चालन भएको थियो । अहिले १६० चिनियाँ र ६० नेपाली गरी २२० कामदार खटिएको आयोजनाले बताएको छ ।
विमानस्थलको हाल दुई हजार ५०० मिटरको धावनमार्ग, एटिसी टावर, सात वटा भवन, एउटा ह्यांगरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधार सम्पन्न हुँदैछ । विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ । प्रविधि जडानका लागि आवश्यक विदेशी कामदार ल्याउन प्रक्रिया पूरा भएको र उनीहरू आउनासाथ उपकरण जडानको काम शुरू हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x