Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

भेरी बबई डाइभर्शन आयोजनाको दोस्रो चरणको काम तीव्र

भेरी बबई डाइभर्शन आयोजनाको दोस्रो चरणको काम तीव्र

सुर्खेत, २५ पुस । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणका कामहरू तीव्ररूपमा अघि बढाएको छ । ४८ मेगावाट विद्युत् उत्पादन गर्ने तथा बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको सो आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरणसँगै बाँध तथा विद्युत्गृह निर्माणलाई निरन्तरता दिएको हो ।
दोस्रो चरणमा विद्युत्गृह (पावर हाउस), ब्यारेज, सर्ज साप्mट लगायतका संरचना पर्दछन् । भेरीको पानी बबईमाख साल्न चिप्लेमा ६ गेजसहितको ब्यारेज निर्माण गरिँदै छ । ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ । यी सबै काम शुरू गरिएको आयोजनाले बताएको छ । कम्पनीले दोस्रो चरणका सबै कार्यहरू आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ ।
दोस्रो चरणका संरचना निर्माणमा रू. ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुनेछ । आयोजनाको कूल संशोधित लागत रू. ३३ अर्ब १९ करोड रहेको छ ।
आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गरिसकेको बताएको छ । आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले प्रभावित क्षेत्रमा लालपुर्जा भएका सबैलाई मुआब्जा वितरण गरिसकेको तथा ऐलानी र फिल्डबुकमा समावेश भएकाको हकमा सरकारले निर्णय लिन बाँकी रहेको बताएको राससमा उल्लेख छ ।
चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) को काम शुरू गरिएको छ । गतवर्ष भदौबाट थालिएको सर्ज साप्mटको १२ प्रतिशत निर्माण पूरा भएको आयोजनाले बताएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका ५ चिप्लेमा १४ मिटर अग्लो बाँधबनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत वडा नं ११ हात्तिखालमा भेरीको पानीखसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । त्यस्तै, लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x