Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

पेट्रोलियम भण्डारण क्षमता विस्तारमा निगम, पाइपलाइनबाट दुई वर्षभित्र पेट्रोल ल्याउने

पेट्रोलियम भण्डारण क्षमता विस्तारमा निगम, पाइपलाइनबाट दुई वर्षभित्र पेट्रोल ल्याउने

काठमाडौं, २७ पुस । पूर्वाधारमा तीव्ररूपमा भएको विकासले पेट्रोलियम पदार्थको माग बढ्दै गएपछि नेपाल आयल निगमले यसको भण्डारण क्षमता विस्तारलाई प्राथमिकता दिएको छ । पेट्रोलियम पदार्थको माग प्रत्येक वर्ष दुई अंकको दरले वृद्धि हुँदा माग र आपूर्तिबीच सन्तुलनका लागि भण्डारणहरूको विस्तार तथा अन्य भौतिक पूर्वाधारको निर्माण गरिएको निगमको ५१औं वार्षिकोत्सवको अवसरमा आइतवार कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताएका छन् ।

सोही अनुरूप निगमको वार्षिक नीति तथा कार्यक्रमस्वरूप चालू आर्थिक वर्षमा गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नं प्रादेशिक कार्यालय अमलेखगञ्जमा भण्डारणगृहको निर्माण र विस्तारको काम शुरू भएको उनले जानकारी दिएका छन् ।

यसैगरी झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट र भण्डारण निर्माण, अमलेखगञ्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन विस्तार, सिलगुढी–झापा पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारणगृह निर्माण तथा नेपालगञ्ज र धनगढीमा भण्डारण क्षमता अभिवृद्धिका लागि जग्गा प्राप्ति गरेर पूर्वाधार विकासको काम भएको निगमले बताएको छ ।

यसैगरी निगमका कार्यकारी निर्देशक पौडेलले अबको दुई वर्षभित्र पाइपलाइनबाट पेट्रोल ढुवानी हुने बताए । पेट्रोलियम पाइपलाइनमार्फत हाल डिजेलमात्र आयात भइरहेकामा पेट्रोलसमेत ल्याउने तयारी भएको जानकारी उनले दिए ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन क्षमताको विस्तार गरेर डिजेलको सम्पूर्ण आयात सम्भव भएसम्म पाइपलाइनमार्फत मात्रै गर्ने व्यवस्था गर्न लागिएको उनको भनाइ छ । निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले पछिल्लो समय निगमले पूर्वाधार निर्माणमा फड्को मारेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x