Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

आगामी हप्तादेखि शेयर कारोबारमा ‘टी प्लस टु’ लागु हुने

आगामी हप्तादेखि शेयर कारोबारमा ‘टी प्लस टु’ लागु हुने

काठमाडौं, २ माघ । आगामी सातादेखि शेयर कारोबारमा ‘टी प्लस टु’ लागू गर्ने गरी काम अगाडि बढाइएको छ । सिडिएस एण्ड क्लियरिङ कम्पनी र ब्रोकर कम्पनीहरुबीच आज भएको छलफलमा माघ दोस्रो हप्तादेखि नै ‘टी प्लस टु’ लागू गर्ने गरी काम अगाडी बढाइने सहमति भएको हो । सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यलेका अनुसार आगामी आइतबार बस्ने बोर्ड बैठकले टि प्लस टु लागु गर्ने मिति तोक्ने छ । ‘ब्रोकर प्रतिनिधिहरुसँग आजको छलफलफल सकारात्मक भयो । उहाँहरु पनि आफ्नो तयारी पुरा गरेर आगामी हप्तादेखि नै टिप्लस टु लागु गर्ने सहमतिमा हुनुहुन्छ ।’ आचार्यले भने–‘यसको मिति भने आगामी आइतबार बस्ने बोर्ड बैठकले नै निधारण गर्ने छ ।’

आचार्यले भने–‘सम्भवत माघ ११ गते आइतबारदेखि नै टि प्लस टु लागु हुन्छ होला । सिडिएससीले यसको पूर्ण तयारी गरिसकेको छ । ब्रोकर कम्पनीहरु पनि आफ्नो तयारीमा लागेकाछन् ।’

हालसम्म शेयर कारोबारमा टी प्लस थ्री लागू हुँदै आएको छ। अर्थात कारोबार भएको दिनपछिको तीन दिनभित्र मात्रै राफसाफ हुँदै आएको छ।

शेयर कारोबार हुँदा किन्ने र बेच्नेबीच एक किसिमको करार सिर्जना हुन्छ। सो करार कार्यान्वयन हुनु नै राफसाफ हो । राफसाफ भएपछि मात्रै शेयर बेच्नेको बैंक खातामा पैसा जम्मा हुन्छ भने किन्नेको डिम्याट खातामा शेयर जम्मा हुन्छ । टी प्लस टु लागू भएपछि शेयर कारोबारमा थप उत्साह थपिने आचार्यको भनाइ छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *