Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राष्ट्रिय प्रणालीमा २५ मेगावाट विद्युत् थपिँदै

राष्ट्रिय प्रणालीमा २५ मेगावाट विद्युत्  थपिँदै

काठमाडौं, ५ माघ । आगामी चैतदेखि राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट विद्युत् थपिने भएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको काम चैतसम्म पूरा हुने भएपछि बिजुली थपिन लागेको हो ।

हालसम्म करीब ९८ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले सम्भव भएसम्म फागुन अन्तिमसम्म र यदि सम्भव नभए पनि चैतसम्म सबै काम सम्पन्न गर्दै बिजुली बाल्ने तयारीमा रहेको आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले बताएको छ ।

आयोजनाका अनुसार आयोजनामा यतिबेला विद्युत् गृहको काम र सबस्टेशनमा जोड्ने काम मात्र बाँकी रहेको छ । गत असोज महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि कोभिडका प्रभावले गर्दा निर्माण कार्य तीव्ररुपमा अघि बढ्न नसक्दा बिजुली उत्पादन चैत महिनादेखि मात्र हुन लागेको हो ।

२०७१ सालदेखि निर्माण थालिएको आयोजना २०७४ मा सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्पपछिको अघोषित नाकाबन्दी र २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको बताइएको छ । आयोजना रू. तीन अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो । अवधि लम्बिँदै जाँदा गत असोज महिनासम्ममा रू. चार अर्ब ६४ करोड खर्च हुने अनुमान गरिएको र थप लगानी बढ्ने आयोजनाले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x