Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कोभिड प्रभावित उद्योगलाई विद्युत् डिमान्ड शुल्क छुट आजदेखि कार्यान्वयन

कोभिड प्रभावित उद्योगलाई विद्युत् डिमान्ड शुल्क छुट आजदेखि कार्यान्वयन

काठमाडौं, ५ माघ । कोरोना महामारीका कारण प्रभावित उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभरको विद्युत् डिमाण्ड शुल्क छूट आज (सोमवार)देखि कार्यान्वयन हुने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीबीचको बैठकले सोमवारदेखि उक्त छूट कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

‘कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको बन्दाबन्दीको अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट कार्यान्वयन हुने भएको छ,’ अर्थ मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अर्थमन्त्री पौडेलले यस निर्णयको कार्यान्वयनबाट उद्योग लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । बैठकमा औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको छ ।

चालू आवको बजेटमा कोभिड– १९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको बन्दाबन्दी अवधिभर विद्युत् डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।

बैठकमा राजस्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x