Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँट

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँट

काठमाडौं, ९ माघ । चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

योग्य आवेदक १२ लाख ११ हजार १ सय १५ मध्य १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यी मध्यकै दुई जनाले थप १–१ कित्ताका दरले पाएका छन् । उक्त कम्पनीको आईपीओमा मागभन्दा १७.५७ गुणा बढी आवेदन परेको थियो ।

१२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता शेयर खरीदको लागि आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका १२ लाख ११ हजार ११५ जना आवेदकलाई मात्र बाँडफाँटमा सहभागी गराइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x