एशियन लाइफको दैलेख उपशाखा शाखा कार्यालयमा स्तरोन्नति
काठमाडौं, १४ माघ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली प्रदेशको दैलेखमा रहेको उपशाखालाई शाखा कार्यालयमा स्तरोन्नति गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनी संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले गरेका हुन् ।
हालसम्म कम्पनीका दैलेख शाखासहित ४० वटा शाखा कार्यालय र १०४ वटा उपशाखा रहेका छन् । कम्पनीले चालू आर्थिक वर्षको यो अवधिमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नति र ४ वटा नयाँ उपशाखा संचालनमा ल्याएको बताइएको छ ।
हाल कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ भने चुक्तापूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ ।