Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

६ महिनामा ४८ अर्ब बराबरको इन्धन आयात

६ महिनामा ४८ अर्ब बराबरको इन्धन आयात

वीरगञ्ज, १९ माघ । मुलुकको प्रमुख वीरगञ्ज भन्सार नाकाबाण्ट चालू आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ४८ अर्ब मूल्य बराबरको इन्धन आयात भएको छ । सो अवधिमा ४७ अर्ब ८७ करोड १७ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ भित्रिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक छ ।

यसमध्ये २३ अर्ब रुपैयाँ बराबरको डिजेल आयात भएको छ । नेपालमा खपत हुने कुल परिमाणको पेट्रोलियम पदार्थको आधा वीरगञ्ज नाकाबाटै आयात हुने गरेको छ ।

तुलनात्मक रुपमा हेर्ने हो भने अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को सोही अवधिमा डिजेलको आयात ३ प्रतिशतले बढेको छ । राससका अनुसार कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण शुरूमा आयात घटे पनि असोजदेखि क्रमशः बढ्दै गएको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताएका छन् ।

चालू आर्थिक वर्षको ६ महिनामा पाँच लाख चार हजार लिटर डिजेल पाइपलाइनबाट अमलेखगञ्ज डिपोमा भित्रिएको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार लाख ९१ हजार लिटर भित्रिएको थियो । भन्सार कार्यालयले चालू आवको छ महिनामा डिजेलबाट करीब २३ प्रतिशत राजस्व उठाएको छ ।

भारतको मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट भन्सार कार्यालयले १६ अर्ब ६२ करोड डिजेलबाटै राजस्व उठाएको छ ।

भन्सार नाकाबाट गत आवको पुस मसान्तसम्ममा ९० हजार २०४ लिटर हवाई इन्धन आयात भएकामा चालू आर्थिक वर्षको सोही अवधिमा २६ हजार ११२ लिटर हवाइ इन्धन भित्रिएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ प्रतिशतले कोइलाको आयात बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x