Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अरुण तेस्रो जलविद्युत् परियोजना : नदी डाइभर्शनको तयारी पूरा

अरुण तेस्रो जलविद्युत् परियोजना : नदी डाइभर्शनको तयारी पूरा

संखुवासभा, १९ माघ । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाले नदीको पानी डाइभर्सनको तयारी पूरा गरेको छ । नदीको पानी डाइभर्शनका लागि ४२९ मिटरको सुरुङ मार्ग भइसकेकाले आज (सोमवार) सुरुङतर्फ फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । बाँधस्थल मकालु गाउँपालिका–फ्याक्सिन्दा र विद्युत्गृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घण्टा तीव्र गतिमा चलिरहेको परियोजनाले बताएको छ । बाँधस्थलमा जयप्रकाश एशोसियटस निर्माण कम्पनीले तथा विद्युत्गृहस्थल क्षेत्रमा पटेल इञ्जिनीयरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेको बताइएको छ ।
पूर्वप्रयोजना विकास सम्झौता (पीडीए) अनुसार सन् २०२२ सेप्टेम्बर भित्रै काम सम्पन्न हुनेछ । परियोजना निर्माणका लागि नेपाल सरकारको समेत सकारात्मक सहयोग रहेको आयोजनाले बताएको छ ।

रू. १ खर्ब ४४ अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट बिजुली निःशुल्क पाइने र विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ लिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x