Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सहलगानीमा सञ्चालन हुने आयोजनाहरुको लागि विवरणहरु आगामी फागुन १५ गतेसम्म बुझाउँनु पर्ने

सहलगानीमा सञ्चालन हुने आयोजनाहरुको लागि विवरणहरु आगामी फागुन १५ गतेसम्म बुझाउँनु पर्ने

काठमाडौं, २३ माघ । प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष २०७७÷७८ मा सहलगानीमा सञ्चालन गरिने आयोजनाको लागि अर्थ मन्त्रालयले आगामी फागुन १५ गतेसम्म विवरण पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले सहलगानी सम्बन्धी कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम विवरण पेश गर्न निर्देशन दिएको हो ।

आयोजनाको विवरण पेश गर्र्दा प्रदेश वा स्थानीय तहबाट निर्णय भएको प्रमाणित स्क्यान कपी, स्रोत व्यवस्थापन सुनिश्चित भएको प्रमाणित स्क्यान कपी, आयोजनासँग सम्बन्धित विषयगत मन्त्रालयमा पेश गर्नका लागि आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको सक्कल प्रति र वातावरणीय प्रभाव मूल्यांकन भएको प्रतिवेदनको सक्कल प्रति संलग्न गनूृपर्ने छ । त्यस्तै जग्गा प्राप्ति भएको वा नभएको अथवा प्रक्रियामा रहेको यकिन गर्ने पत्रको प्रमाणित स्क्यान कपी पनि विवरणमा संलग्न गर्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x