Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बाह्रौं राष्ट्रिय जनगणनाको तयारी तीब्र

बाह्रौं राष्ट्रिय जनगणनाको तयारी तीब्र

काठमाडौं, २६ माघ । देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदै छ । राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले तयारी तीब्र बनाएको जनाएको छ । प्रत्येक १० वर्षमा हुने जनगणनाका लागि अहिले आवश्यक स्रोत, साधन र जनशक्ति व्यवस्थापनको काम भइरहेको विभागका महानिर्देशक नेविन लाल श्रेष्ठले जानकारी दिए ।

यो पटक जनगणनामा विभिन्न प्रविधि अपनाइने छ भने ठूलो संख्यामा गणक र सुपरिवेक्षक खटाइने छ । त्यसको लागि विभागले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा लिन प्रक्रिया सुरु गरेको छ । ति गणकहरुले १५ दिनको अवधीमा घरघरमै पुगेर विवरण संकल गर्ने उनले जानकारी दिए ।

यस्तै यो जनगणनामा केही फरक अभ्यास गरिने उनले जानकारी दिए । त्यसका लागि यसपटक ८ हजार बढी आधारभुत प्रश्नहरु समावेश गरिएको छ भने मानिसको अलवा व्यवसायीक प्रयोजनका लागि पालिएका पशुपंक्षीको समेत गणना गरिने छ ।

आगामी जनगाणना नेपालको बाह्रौं जनगणना हो । नेपालमा वि.स. १९६८ सालदेखि जनणना प्रारम्भ भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x