Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

उपत्यकामा गहिरिँदै खानेपानी अभाव, मागको औसत २७ प्रतिशत मात्र आपूर्ति

उपत्यकामा गहिरिँदै खानेपानी अभाव, मागको औसत २७ प्रतिशत मात्र आपूर्ति

काठमाडौं, २ फागुन । बढ्दो जनसंख्याको तुलनामा आपूर्ति कम हुँदा काठमाडौं उपत्यकामा खानेपानी अभाव चुलिँदै गएको छ । उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर रहेको छ, तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा ८ करोड लिटरमात्र भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले बताएको छ । उक्त तथ्यांकले उपत्यकामा खानेपानीको आपूर्ति वार्षिक रूपमा औसत २७ प्रतिशत मात्र भइरहेको देखिन्छ ।

यस्तै उपत्यकामा वितरण प्रणालीका संरचना पुराना हुँदा करीब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको केयुकेएलले बताएको छ । स्रोत अभावका कारण मागबमोजिम पानी वितरण गर्न नसकिएको केयुकेएलको भनाइ छ ।

शनिवार सम्पन्न केयुकेएलको १३औं वार्षिकोत्सव समारोहमा खानेपानी मन्त्री मणिचन्द्र थापाले संविधानमा मौलिक हकका रुपमा स्थापित खानेपानी सेवा चुस्त रूपमा प्रवाह गर्न सरोकारवाला सबै निकाय लाग्नुपर्नेमा जोड दिएको राससमा उल्लेख छ । मेलम्चीको पानी आएपछि वितरणका लागि तयार हुन मन्त्री थापाले लिमिटेडका कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिव माधव बेल्वासेले अव्यवस्थित शहरीकरणका कारण खानेपानीको वितरण प्रणाली स्पष्ट नहुँदा चुहावटको समस्या समाधानमा चुनौतीपूर्ण भएको बताएका छन् । उपत्यकामा ३० देखि ४० प्रतिशत खानेपानी चुहावट भइरहेको उनको भनाइ छ । यसलै हाल लिमिटेडले पाँच करोड लिटर पानीमाात्र बाँडिरहेको उनले बताए ।

२०७८ को अन्त्यसम्म मेलम्चीको पानी राजधानीमा वितरण गर्ने मन्त्रालयको प्रतिबद्धता छ । मेलम्ची आएपछि हिउँदमा पनि २५ करोड लिटर पानी वितरण गर्न सकिने मन्त्रालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x