गरिमा विकास बैंकको १४.२१ प्रतिशत लाभांश पारित
काठमाडौं, १ फागुन । गरिमा विकास बैंक लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाबाट संस्थापक शेयरधनी समूहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूहतर्फबाट विमल पाण्डे, सञ्जीव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै साधारणसभा सम्पन्न भएपछि बसेको विकास बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्तापूँजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरणपश्चात् चुक्ता पुंजी ३ अर्ब ६७करोड ५९लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गते सम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनस शेयर प्राप्त गर्नेछन् ।