Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

९.२ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप

९.२ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप

काठमाडौं, १ फागुन । चालू आर्थिक वर्षको अर्धवार्षिक अवधि अर्थात पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.० प्रतिशतले बढेको छ । २०७७ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल

निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, ३३.६ प्रतिशत र ४९.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३१.९ प्रतिशत र ४९.२ प्रतिशत रहेको थियो ।

२०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.५ प्रतिशत रहेको छ । २०७६ पुस मसान्तमा यस्तो निक्षेपको अंश ४५.१ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x