Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्रिय प्रणालीमा थप पाँच मेगावाट सौर्य विद्युत् थपिँदै

राष्ट्रिय प्रणालीमा थप पाँच मेगावाट सौर्य विद्युत् थपिँदै


काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रणालीमा थप ५ मेगावाट सौर्य विद्युत् थपिने भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारामा सोलार फार्म प्रालिले निर्माण गरिरहेको सोलार प्लाण्टबाट आगामी ३ महिनामा उक्त बिजुली उत्पादन हुने भएको हो ।

कम्पनीका निर्देशक मनकारी गुरुङका हाल सौर्य प्लाण्ट लगाउने काम अन्तिम चरणमा पुगेको छ । ‘पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले अबको तीन महिनाभित्र बिजुली उत्पादन गर्नेगरी तयारी भइरहेको छ,’ उनले भने । हालसम्म करीब ७६ प्रतिशत काम सकिएको उनले जानकारी दिए ।

कम्पनीले यसअघि नै उत्पादन थाल्ने लक्ष्य लिए पनि कोभिड महामारीका कारण काम प्रभावित हुँदा केही ढिलाइ भएको कम्पनीले बताएको छ । सौर्य प्लान्ट आयोजनाको लागत ५५ करोडभन्दा बढी रहने अनुमान गरिएको छ ।

कम्पनीले बताउँदै गरेको सौर्य प्लान्ट बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा छ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणका राष्ट्रिय प्रसारण लाइनमा जोड्न झरौटामा रहेको ट्रान्सफर्मरमा जडान गरिने योजना रहेको छ ।
यसअघि नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट जडित क्षमता आयोजना अन्तर्गत १ दशमलव २५ मेगावाट राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x