गरिमा विकास बैंकका अध्यक्ष बस्यालद्वारा पद तथा गोपिनीयताको शपथ ग्रहण
काठमाडौं, ४ फागुन । गरिमा विकास बैंकका नवनियुक्त अध्यक्ष श्याम प्रसाद बस्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार एक कार्यक्रमका बीच अध्यक्ष बस्यालले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियता शपथ लिएका हुन् ।
बैंकको गत माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट अध्यक्ष बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालकमा निर्वाचित भएका हुन् ।
बैंकले हाल देशभर १०६ शाखा र ५१ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।