Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका

पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका

काठमाडौं, १५ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकल गर्न क्यूआर काड सेवा सञ्चालनमा ल्यकाउको छ । बैंकले फाल्गुण १४ गते शुक्रबार एक औपचारीक कार्यक्रम आयोजना गरी सेवा सञ्चालनमा ल्याएको हो । उक्त सेवाको सुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् ।

उक्त कार्यक्रममा गभर्नर अधिकारीले नगदरहित कारोबारलाई राष्ट्र बैंकले अभियानको रुपमा संचालन गरीरहेको जानकारी दिँदै डिजिटल कारोबारबाट आर्थिक एवं सामाजिक फाइदा हुने बताए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडि बढाईरहेको जानकारी दिए ।
हालसम्म बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x