Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआइसी एशिया बैंकद्वारा नेशनल लाइफको संस्थापक शेयर लिलामी खुला

एनआइसी एशिया बैंकद्वारा नेशनल लाइफको संस्थापक शेयर लिलामी खुला

काठमाडौं, १७ फागुन । एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामी खुला भएको छ । यसमा फागुन २३ गतेसम्म बोलपत्र पेश गर्न सकिने जानकारी दिइएको छ।

न्यूनतम मूल्य प्रतिकित्ता ४ सय ९२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ ।

लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ । सो मार्फत र वा बैंकको कर्पोरेट कार्यालय थापाथली सहित विराटनगर, विरगञ्ज, बुटवल, पोखरा, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन दिन सकिने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x