Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शेयर बजारमा ४०.६४ अंकको सुधार, कारोबार रकम भने घट्यो

शेयर बजारमा ४०.६४ अंकको सुधार, कारोबार रकम भने घट्यो

काठमाडौ, १७ फागुन । साताको पहिलो कारोबार दिन ३.१२ प्रतिशतले घटेको शेयर बजार सोमवार भने १.६४ प्रतिशतले उकासिएको छ । कारोबार शुरू हुँदा २४८८.३३ अंकमा रहेको नेप्से परिसूचक बजार हुँदासम्ममा ४०.६४. अंकले बढेर २५१५.०३ अंकमा पुगेको छ ।

यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा करीब २ अर्ब ५६ करोड २९ लाख रुपैयाँले घटेको छ । आइतवार ८ अर्ब २५ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएकोमा मंगलवार भने ५ अर्ब ६० करोड २३ लाखभन्दा बढीको कारोबार भएको छ ।

मंगलवार ठूला कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स समेत बढेको छ । यस दिन उक्त सूचक १.४५ प्रतिशतले बढेर ४५३.७५ अंकमा पुगेको छ ।

यस दिन कारोबारमा आएका २०९ कम्पनीको ७० हजार ३३९ पटक शेयर किनबेच भएको छ । यी कम्पनीहरुको कुल १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता शेयर कारोबार भएका हो

मंगलवार चन्द्रागिरी हिल्सका लगानीकर्ताले सर्वाधिक कमाए । यस कम्पनीको शेयर ९.९० प्रतिशतले बढेर ४५५ रुपैयाँ पुगेको हो । यस्तै सर्वाधिक गुमाउनेमा भने सिटिजन म्युचुअल फण्ड २ का लगानीकर्ता रहेका छन् । यस दिन कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक सबैभन्दा अगाडि छ । बैंकको ४३ करोड ६९ लाखभन्दा बढीको कारोबार भएको छ । साथै सबैभन्दा धेरैपटक कारोबार हुनेमा पनि यही बैंकको शेयर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x