Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मंगलवार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुँदै

मंगलवार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुँदै

काठमाडौं, १७ फागुन । नेपाल राष्ट्र बैंकले मंगलवार (फागुन १८ गते) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । सरकारलाई आन्तरिक ऋण जुटाइदिन केन्द्रीय बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले ८ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८५ ‘ङ’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागेको हो ।

अपराह्न ३ बजे बोलकबोल हुने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा अन्य नेपाली नागरिकले खरीद गर्न सक्नेछन् । बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने उक्त ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन–दिन समेत सकिनेछ ।

फागुन १९ गतेदेखि निष्कासनमा आउने सो ऋणपत्र २०८५ फागुन १९ गते परिपक्व हुनेछ, जसको ब्याज भुक्तानी भने अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा कर लाग्ने केन्द्रीय बैंकले बताएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी खरीदकर्तालाई उक्त निष्कासित रकमको क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ । खरीदकर्ताले घटीमा ५० लाख र बढी निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकका लागि आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x