Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

संसद अधिवेशन फागुन २३ गतेका लागि आह्वान

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा उनले फागुन २३ गते (सोमबार) अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x