Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

कोभिडपछिको बाह्य पर्यटक आगमन बढ्दै

कोभिडपछिको बाह्य पर्यटक आगमन बढ्दै

काठमाडौं, १९ फागुन । कोभिड महामारीपछि बाह्य पर्यटक आगमन दर बढ्दै गएको पाइएको छ । सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा विस्तारै विदेशी पर्यटक संख्या बढेको देखिन्छ ।

सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले बताएअनुसार जनवरीमा ८ हजार ८४७ र फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल आएका हुन् । यो हवाई मार्गबाट आउने पर्यटकको संख्या हो । पछिल्ला महिना पर्यटक आवागमन सुधारात्मक रहेको बोर्डका प्रवक्ता मणि लामिछानेले बताएको राससमा उल्लेख छ ।

फेब्रुअरी महिनामा सबैभन्दा बढी भारतबाट चार हजार ७६३ पर्यटक नेपाल आएका छन् । सन् २०२० को फेब्रुअरी महिनामा भारतबाट १४ हजार ८४० पर्यटक आएका थिए, जुन अघिल्लो वर्षको तुलनामा ६७ दशमल नौ प्रतिशत कमी हो । उक्त अवधिमा चीनबाट मात्र ७०८ पर्यटक नेपाल आएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ७७ दशमलव नौ प्रतिशतले कमी हो ।

सन् २०२० को फेब्रुअरीमा तीन हजार २०७ पर्यटक नेपाल आएका थिए । अमेरिकाबाट ५०२ र जर्मनीबाट १२६ पर्यटक आएका छन् । कोभिड महामारी जारी रहे पनि नेपालमा कोभिड विरुद्धको खोप लगाउन शुरु भइसकेको र कोभिडका संक्रमितको संख्या पनि दिनानुदिन घटिरहेकाले पर्यटक आवागमन बढ्ने व्यवसायीको अपेक्षा छ । सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *