Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

वीरगञ्ज आईसीपीबाट १४ अर्बले घट्यो भारतीय वस्तुको आयात

वीरगञ्ज आईसीपीबाट १४ अर्बले घट्यो भारतीय वस्तुको आयात

काठमाडौं, १९ फागुन । चालू आर्थिक वषको पहिलो ७ महिनामा वीरगञ्ज भन्सारबाट भारतीय वस्तुको आयात घटेको छ । माघ मसान्तसम्ममा वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) हुँदै १ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलना १४ अर्ब रुपैयाँले कम हो ।

वीरगञ्ज भन्सारका अनुसार गत आवको माघ मसान्तसम्ममा भारतबाट २ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । समीक्षा अवधिमा यस भन्सारबाट भारततर्फ नेपाली वस्तु भने २० अर्ब रुपैयाँको निर्यात भएको छ ।

सो अवधिमा भारतबाट आयात हुने वस्तुको सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ रहेको छ । यससँगै सवारीसाधन र औद्योगिक कच्चा पदार्थ पनि उच्च परिमाणमा आयात भएको छ । मुलुकमा खपत हुने पेट्रोलियम पदार्थको आधाभन्दा बढी परिमाण सोही नाकाबाट आयात हुने गरेको छ ।

समीक्षा अवधिमा नेपालबाट भारत निर्यात भएको वस्तुमा भने भटमासको तेलको परिमाण सबैभन्दा बढी छ । यसपछि सूर्यमुखीको प्रशोधित तेल, जुस, जाम, गलैंचा, कपडा, जुत्ता लगायत वस्तु भारततर्फ निर्यात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x