Date

शनि, चैत्र १, २०८१
Sat, March 15, 2025

सन्राइज बैंकको क्युआर सेवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीहरूमा

सन्राइज बैंकको क्युआर सेवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीहरूमा

काठमाडौं, १८ फागुन । सन्राइज बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयाल, सन्राइज बैंकका लुम्बिनी प्रदेशका प्रमुख सुनिल मण्डल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रबेश अधिकारी तथा ट्याक्सी ब्यवसायी संघका पदाधिकारीहरुको उपस्थिति थियो ।

सन्राइज बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पु¥याउन नेपाल राष्ट्र बैंकले अभियान शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नु पर्ने बताए । डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको उनको भनाइ थियो ।

सोही कार्यक्रममा सन्राइज बैंकका लुम्बिनी प्रदेशका प्रमुख सुनिल मण्डलले डिजिटल भुक्तानी प्रणालीमा सन्राइज बैंकले सबै क्षेत्रका स–साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु देखि लोकल बसहरुसम्म पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको बताए । साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रबेश अधिकारीले अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउनुहुने व्यक्तिहरुले ट्याक्सी सेवादेखि विमानस्थलमा हुने अन्य स(साना कारोबारमा समेत डिजिटल बंैकिङ्ग मार्फत सुरक्षित कारोबार गर्न सक्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x