Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

नेप्से पुनः २५ सय माथि उक्लियो

नेप्से पुनः २५ सय माथि उक्लियो

काठमाडौं, २० फागुन । यो साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार ९०.६७ अंकले बढेको छ । बुधबार (हिजो) ३९.२३ अंकले घटेर २४१६ विन्दुमा झरेको नेप्से परिसूचक बिहीबार २५०६.६८ विन्दुमा उक्लिएको छ।

बिहीबार कारोबारमा आएको १३ वटा समूह मध्ये सबै समूहको उपसूचक बढेपछि सग्रमा नेप्से उकालो लागेको हो । बजार बढेको यो दिन कारोबार भने २ सय ६ कम्पनीको ६ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसमा सबैभन्दा धेरै शेयर कारोबार नेपाल इन्फ्रास्टक्चर बैंकको भएको छ । बैंकको ५३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। शेयर मूल्य प्रतिकित्ता ५ सय ५२ रुपैयाँ छ ।

यस्तै शिखर इन्स्योरेन्स २४ करोड र नबिल बैंकको २० करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ। सबैभन्दा धेरै कमाउनेमा भने चन्द्रागिरी हिल्सका लगानीकर्ता छन् । चन्द्रागिरीको शेयर मूल्यमा आज १० प्रतिशतको बृद्धि छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *