Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लघुवित्तलाई दिन आग्रह

सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लघुवित्तलाई दिन आग्रह

काठमाडौं, २० फागुन । लघुवित्त संघ नेपालले सरकारले नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लघुवित्त संस्थाहरूलाई दिन आग्रह गरेको छ । संघका अध्यक्ष जगत पोखरेल नेतृत्वको टोलीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर लघुवित्त संस्थाको पहुँच गाउँ–गाउँका घरदैलोसम्म रहेको भन्दै सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लघुवित्तलाई दिन आग्रह गरेको हो ।

सामाजिक सुरक्षा भत्ता पाउने वृद्धवृद्धा तथा अशक्तलाई पनि लघुवित्त संस्थामार्फत भत्ता प्राप्त गर्न सहज र छिटो–छरितो हुने विश्वास लिएको संघले जनाएको छ । हाल मुलुकमा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाका ७७ वटै जिल्लामा ४ हजार १८ शाखा रहेकाले उनीहरूले भत्ता उपलब्ध गराउन सक्ने अध्यक्ष पोखरेलको दाबी छ ।

यस्तै संघले गरिबीको रेखामुनि रहेकाहरूलाई प्रत्यक्ष सहुलियत दिनका लागि लघुवित्त वित्तीय संस्थाका लागि केन्द्रीय रूपमा एउटा र प्रादेशिक रूपमा सातवटा न्यून ब्याजदरमा कर्जा लगानी गर्ने लघुवित्त सहुलियत कर्जा कोष स्थापना गर्न माग गरेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x