चालू वर्षको पहिलो त्रैमासमा मुलुकको अर्थतन्त्र ४.६ प्रतिशत ऋणात्मक
काठमाडौं, २० फागुन । गत आर्थिक वर्ष २०७६–७७ मा नेपालको आर्थिक वृद्धिदर नकारात्मक भएको छ । केन्द्रय तथ्याङ्क विभागका अनुसार गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर –१.९९ प्रतिशत कायम भएको छ ।
विभागले आधार वर्ष २०१०–११ लाई मान्दै गरेको विश्लेषणमा गत वर्षको आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो । त्यो वर्ष प्रतिव्यक्ति आय ११३४ अमेरिकी डलर रह्यो ।
यस्तै चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो त्रैमासको वृद्धिदर पनि ऋणात्मक देखिएको छ । यो अवधिमा अर्थतन्त्र –४.६ प्रतिशतले खुम्चिएको छ।